Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

सरकारले जाजरकोटका नवराजलाई मरणोपरान्त पुरस्कार दिने


काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती काण्डमा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ विकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो । मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुंगो लगाएको हो ।

मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रिय स्तरका पुरस्कार प्रदान गर्दै आएको छ । जसमा एक लाख रुपैयाँ राशीको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले पाउनेछन् भने संगीत तथा नाट्य विधातर्फ सिहाराका सत्यनारायण चौधरीले राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेछन् । ललितकलातर्फ भने काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशीको प्रादेशिक प्रतिभा पुरस्कार समेत प्रदान गरिन्छ । सरकारले सोमबार नै महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम समेत छनोट गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #जाजरकोटका नवराज विक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं