असार १९ गतेसम्म सरकारले निर्णय नगरे भर्चुअल कक्षा बन्द गर्ने निजि बिद्यालयको चेतावनी
काठमाडौं । सरकारले निजी बिद्यालयको शुल्कबारे असार १९ गतेसम्म कुनै निर्णय नगरे अर्चुअल र अनलाइन कक्षा रोक्ने निजि बिद्यालयहरुले चेतावनी दिएका छन् । आइतबार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । बैठकमा प्याब्सन र एनप्याब्सनका पदाधिकारी र शिक्षामन्त्रालयका सहसचिवबीच भएको वार्ताविना निष्कर्ष टुंगिएको छ ।
निजी बिद्यालयले भर्ना र लकडाउनको समयको पनि शुल्क उठाउने भन्दै बिज्ञप्ती नै जारी गरेपछि शिक्षा मन्त्रालयले शुल्क नबुझाउन भन्दै अभिभावकलाई बिज्ञप्ती मार्फत आग्रह गरेको थियो । शिक्षा मन्त्रालयले वार्ता र संम्वादका लागि तदारुकता नदेखाएको आरोप लगाइरहँदा आज संम्वाद भएको हो । असार १ गतेदेखि सरकारले भर्चुअल र अनलाइन कक्षा सञ्चालन गरेको थियो । तर, निजी बिद्यालयले भने सरकारी उदासिनताका कारण आफूहरु मर्कामा परेको भन्दै पठन–पाठन नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #निजी बिद्यालय
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्