शुक्रबार बिहानै थपिए गण्डकी प्रदेशमा २४ कोरोना संक्रमित
काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका हुन् । बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा दुई महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एव प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा संक्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या तीन सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्