लद्दाखमा चीन–भारतका सेनाबीच भिडन्त चर्कियो,२० भारतीय सैनिकको मृत्यु
काठमाडौं । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच भिडन्त चर्किएको छ । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा घाइते भएका थप १७ जना सैनिकहरूको मृत्यु भएको हो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको जनाइएको छ ।
चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन । लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे विवाद उत्पन्न भएको छ । बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन । तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विदेश
ट्याग : #लद्दाखमा चीन–भारतका सेनाबीच भिडन्त
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्