पर्वतमा पहिरो जाँदा ५ जनाको मृत्यु, चार जना बेपत्ता
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा ५ जनाको ज्यान गएको छ । शनिबार राति ३ जना र आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पर्वत पहिरो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्