दुई तिहाई बढीले नेपालको संविधान संशोधन भएपछि देशभर खुशियाली

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको थियो । योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर मनाएका हुन् । त्यस्तै, दाङको घोराहीमा पनि संशोधन बिद्येयक पारित भएपछि दीपप्रज्वलन गरियो ।
प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । संसदमा नेताहरु समेत एकढिक्का भएपछि खुशीयाली मनाएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #देशभर खुशियाली
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्