बिहिबार कोरोनाका कारण थप एक जनाको मृत्यु, २५० संक्रमित भेटिए
काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।
बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो। उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ। घाँटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो। यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो।
थप २५० जनामा कोरोना संक्रमण
२४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा पुरुष २ सय ३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । गत २४ घण्टामा १ सय ८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८ सय ६१ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसका कारण मृत्यु
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्