म्युजिक भिडियोमा जम्दै रन्जित
काठमाडौं । मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन। छोटो समयमै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्न थालेका छन् । आजभोलीका चल्तीका मोडल बनेका छन् पौडेल सर्लाहीका हुन् । बिगत केहि बर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा जम्दै आएका पौडलको अभिनय पनि रुचाइएको छ ।
सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्ने रुची राखेका पौडेल ४ बर्षदेखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका पनि निर्बाह गर्दै आएका छन् । भारतमा गई अभिनय सिकेका उनले बिभिन्न चर्चित नायिकाहरुसँग पनि म्युजिक भिडियो खेलेका छन् । राष्ट्रिय नाच घरबाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जितले दुर्इ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । पौडेल आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाई पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन ।
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, समाचार, साहित्य
ट्याग : #म्युजिक भिडियो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्