धेरैलाई कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी
काठमाडौं । रौतहटमा स्वास्थ्यकर्मी कुटिएका छन् । रौतहटको राजपुर नगरपालिका ९ मा रहेको बैरीया क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरु माथि कुटपिट भएको हो । ठुलो संख्यामा आएका गाउलेहरु र क्वारेन्टाईनमा रहेका ब्यक्तीहरुले स्वास्थ्यकर्मी शेख खुरसैदलाई रक्ताम्य हुने गरी कुटेका हुन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । अन्य स्वास्थ्यकर्मीको पनि हात भाचिने गरी कुटपिट गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरु चेकजाँच गर्दा अधिकांशको कोरोना पोजेटिभ देखिएपछि गलत चेकजाँच गरेको भन्दै कुटपिट गरिएको हो । क्वारेन्टाइनमा बसेका मात्रै होइनन् स्थानीय गाउँले समेत स्वास्थ्यकर्मी कुटपिटमा संलग्न छन् । यसले झन् क्वारेन्टाइनमा रहेका ब्यक्तीहरुको कोरोना जाँचमा कठिन भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #स्वास्थ्यकर्मी कुटिए
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्