Techie IT
  • ३० भदौ २०८२, सोमबार

कांग्रेसको सुझावः १४ खर्बसम्मको बजेट


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो । नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा एक अर्थतन्त्र विशेष समिति गठन गरेको थियो । सोही समितिले अध्ययन गरी २७ पृष्ठ लामो प्रतिवेदन तयार पार्दै सरकारलाई १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुन प्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिइएको छ । राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गर्दै कांग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ । स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ ।


क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #अर्थतन्त्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं