दिनदिनै बढ्दै कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४ सय ५७
काठमाडौं । बिहिबार मात्रै थप २९ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा २ र कपिलबस्तुमा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको हो । बिहिबार नै झापामा ८ र रुपन्देहीमा एक गरी ९ जना जना कोरोना भाइरस पोजेटिभ भेटिका थिए । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी थिए। उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका छन् । त्यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका छन् । बिहिबार बिहान मात्रै झापामा १५, धरान र सुनसरीमा एक एक जना गरी १७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै, टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो । ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएको थियो । टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जना मात्रै रहेका छन् । योसँगै नेपालका कोरोनामुक्त भएर डिस्र्चाज हुनेको संख्या ४९ पुगेको छ ।
सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्