गुल्मीका कोरोना संक्रमितको मुत्यु,कोरोनाकै कारण नेपालमा ३ जनाको ज्यान गयो
काठमाडौं । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्रिमसन अस्पतालले औपचारिक रूपमै उनको मृत्यु भएको हो । उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताइएको छ ।
बुधबार मृत्युको खबर आएपछि खण्डन गरेको अस्पतालले विज्ञप्ति निकाले पनि मृत्यु भएको सार्वजनिक जानकारी गराएको छैन । प्रदेश मन्त्रालयले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् ।
जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो । जण्डिस, रुघा र ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको मुत्यु
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्