१७ जनामा थप कोरोना देखिदा संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो । पछिल्लो समय झापामा मात्रै १५ जना कोरोना संक्रमित भेटिएका छन् । झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु संक्रमित भेटिएका हुन् । यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #१७ जनामा थप कोरोना
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्