धुलिखेल अस्पतालमा मुत्यु भएकी महिलाबारे अध्ययन जारी छः स्वास्थ्य मन्त्रालय
काठमाडौं ३ जेठ । काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कोरोना भाइरसका कारण हो या होइन भन्ने बारे अध्ययन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिए। तर, सञ्चारमाध्यममा भने कोरोनाकै कारण सुत्केरीको मुत्यु भएको आइरहेको छ । आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो। श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको थियो । शिक्षण अस्पतालमा सिजरिङबाट डेलिभरी भएपछि उनको डिस्चार्ज गरिएको थियो । बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो। श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार,
स्वास्थ्य
ट्याग : #कोरोनाबाट महिलाको मुत्यु
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्