फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो
काठमाडौं २ जेठ । नेपालमा थप नौ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रयोगशाला काठमाडौं काठमाडौं, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा नौ जनामा कोरोना संक्रमण देखिएको हो । पर्सा बीरगञ्ज निवासी ९, १० बर्षिय बालक, २३, ४७ बर्षिय महिला उदयपुर त्रियुगा नगरपालिका निवासी २४ बर्षिय पुरुष, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक तीन जना संक्रमित भेटिएका हुन् । त्यस्तै, काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने उपचारपछि निको भएर ३६ जना घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #दाङमा पहिलो पटक देखियो २ जनामा कोरोना
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्