बालुवाटारमा बोलाइयो सर्वदलीय बैठक
काठमाडौं ३१ बैशाख । नेपाल–भारत सीमा विवाद चर्किएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। बुधबार बैठक चार बजेका लागि डाकिएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । बैठकमा सीमा समस्यासँगै कोरोना भाइरसले उत्पन्न गराएको संकट र त्यसको समाधानबारे पनि छलफल हुने बताइएको छ । गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा सामेल दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए। पाँच दिन अघि भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयलाई लिएर तिब्र बिरोध भइरहेका बेला ओलीले त्यसबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बोलाएका हुन्। परराष्ट्र मन्त्रालयले सोमबार उक्त भूमि नेपालको भएको भन्दै सडक निर्माण कार्य तत्कालै स्थगित गरी वार्तालाई निरन्तरता दिन नेपालस्थित भारतीय राजदूत विजयमोहन क्वात्रालाई भेट गरी क्वात्रामार्फत भारतलाई कुटनीतिक नोट समेत पठाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सर्वदलीय बैठक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्