बिश्वभर २ लाख ८६ हजारबढीको कोरोनाका कारण मुत्यु

काठमाडौं ३० बैशाख । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण २ लाख ८६ हजारबढीले ज्यान गुमाएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोनाका कारण ४२ लाख ५० हजार ८ सय ६२ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये १५ लाख २५ हजार १ सय ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ३८ हजार ६ सय ८३ जनाको यतिबेला पनि उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर छ । सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६ सय ८१ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४ सय ८१ जनाको अवस्था गम्भीर छ । नेपालमा १ सय ३४ जनामा संक्रमण देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #४२ लाख ५० हजार संक्रमित
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्