बिश्वभर २ लाख ८६ हजारबढीको कोरोनाका कारण मुत्यु
काठमाडौं ३० बैशाख । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण २ लाख ८६ हजारबढीले ज्यान गुमाएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोनाका कारण ४२ लाख ५० हजार ८ सय ६२ जना संक्रमित भएका छन् ।संक्रमितमध्ये १५ लाख २५ हजार १ सय ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ३८ हजार ६ सय ८३ जनाको यतिबेला पनि उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर छ । सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६ सय ८१ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४ सय ८१ जनाको अवस्था गम्भीर छ । नेपालमा १ सय ३४ जनामा संक्रमण देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #४२ लाख ५० हजार संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्