बैशाखमा किन निरन्तर पानी परिरहेको छ ?
काठमाडौं ३० बैशाख । गर्मी हुने महिना चैत, बैशाख र जेठ । तर, यतिबेला बैशाख महिना सकिन लाग्दा समेत जाडोको अनुभूती भइरहेको छ । दैनिकजससो पानी परिरहेको छ । यस्तै, देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली भएको छ।पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावका कारण पनि बलदीसँगै वर्षा हुने देखिएको मौसमविदले बताएका छन् । दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । राति देशको पूर्वी र मध्य भू–भाग लगायत पश्चिम पहाडमा सामान्य बदली हुनेछ । पूर्वी तथा मध्य भू–भागका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #निरन्तर पानी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्