नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं २९ बैशाख । नेपालमा एकै दिन सोमबार २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । बर्दियामा पहिलो पटक राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मात्रै ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #कुन प्रदेशमा कति संक्रमित
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्