नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं २९ बैशाख । नेपालमा एकै दिन सोमबार २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । बर्दियामा पहिलो पटक राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मात्रै ११ जनामा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #कुन प्रदेशमा कति संक्रमित
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्