कति पुग्यो कोरोना परिक्षण
काठमाडौं २८ बैशाख । हालसम्म नेपालमा पीसीआर विधिबाट १६ हजार ८ सय ९८ वटा परीक्षण गरिएका छन् । त्यस्तै, आरडीटी ५६ हजार ५ सय ५० वटा परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ वटा परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा कूल १३ हजार ६ सय २५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १ सय ६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । यसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #कोरोनाभाइरसका संक्रमित
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्