कोरोनाबाट बच्न सिंहदरबारमा उच्च सर्तकता

काठमाडौं २८ बैशाख । लकडाउनको ४८ औं दिनमा अत्याबश्यक सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था र संस्थान खुलेका छन् । बैशाख २४ गतेको मन्त्रीपरिषद बैठकले एक तिहाई कर्मचारीको ब्यवस्थापन गरी कार्यालय खोल्ने निर्णय गरेसँगै ४८ दिनदेखि घरमै बसेका कर्मचारी कार्यालय आउन थालेका हुन् । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीको उपस्थिति र कोरोना सर्तकता राम्रो देखिन्छ । कोरोनाको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्ने भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गर्यो । आइतबार लकडाउनको ४८ औं दिनदेखि अत्याबश्यक सरकारी कार्यालयहरु खुलेका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालयमा सावुन पानी, सेनिटाइजर र माक्स लगाएर कर्मचारी कार्यालय आउन थालेका हुन् ।बजेट निर्माण र छलफलमा केन्द्रीत रहेका सिंहदरबारका मन्त्रालयमा सह–सचिव, सचिव त लकडाउनमा पनि नियमित नै कार्यालय आएका थिए । तर, अन्य कर्मचारी भने लकडाउनमा निक्कै कठिन भएको भन्दै कार्यालय आउन पाएकोमा खुसी थिए । सिंहदरबार प्रबेश गर्ने कर्मचारीको स्वास्थ्यमा उच्च सर्तकता अपनाइएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, राजनीति, लाेकसेवा/जागिर, समाचार
ट्याग : #hot
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्