स्वतन्त्र न्यायपालिकामाथि कतैबाट आँच आउन दिदैंनः प्रधानन्यायाधीश
काठमाडौं २६ बैशाख । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले स्वतन्त्र न्यायपालिकामाथि कतैबाट आँच आउन नदिन आफू गम्भीर र सचेत रहेको बताएका छन् । कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधिश राणाले स्वत्नत्र न्यायपालिकाप्रति गम्भीर रहेको बताएका हुन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले न्याय क्षेत्र पनि प्रभावित बनेको बताउँदै राणाले न्यायको प्राप्तिमा पर्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न समेत आग्रह गरे ।

प्रधानन्यायाधीश राणाले आफनो सन्देशमा संविधानका मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै कतैबाट आँच आउन नदिन आफू सचेत रहेको उल्लेख गरेका छन् । न्यायपालिकाले अत्यन्त जटिल र कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्न सकेको समेत राणाको दाबी छ । विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्ववपूर्ण भूमिका खेल्दै आएको प्रधानन्यायाधिश राणाको भनाई छ । नेपाल प्रधान न्यायालय ऐन, २ हजार ८ विक्रम संवत् २ हजार ९ साल वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रूपमा मनाइँदै आएको छ । यसबर्ष कोरोना भाइरसको त्रासका कारण औपचारिक कार्यक्रमको आयोजना नभएपनि कानुन र न्यायक्षेत्रमा काम गर्ने ब्यक्तीहरुले शुभकामना आदान–प्रदान गरी मनाइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानन्यायाधीश
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्