लकडाउन १० दिन लम्बियो, पुग्यो जेठ ५ गतेसम्म
काठमाडौं २४ बैशाख । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १० दिन लम्ब्याएर आगामी जेठ ५ गतेसम्म पुर्याएको हो । गत चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि बिहीबार सकिँदै थियो । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि लकडाउन लम्ब्याउनुको बिकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । लकडाउन जारी गर्दा २ जना संक्रमित भेटिएकोमा ४४ दिनको लकडाउनकै समयमा नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । लकडाउन थपिएपनि काठमाडौं उपत्यकामा लकडाउन उलंघनको क्रम भने बढेको छ ।
यस्तै, सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको हो । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत सरकारले गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन १० दिन लम्बियो
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्