कसरी देखियो फेरि सनसिटी अपार्टमेन्टका ब्यक्तीलाई कोरोना
काठमाडौं २४ बैशाख । काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना मुक्त भएर फर्केका दुई र थप एकसहित तीन जनालाई फेरि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुनः अस्पताल र्पुयाइएको हो। यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको छ । उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाउने तयारी भएको छ । उनीहरुमा संक्रमण रहे नरहेको आज साँझसम्म रिपोर्ट आउने बताइएको छ । बेलायतबाट चैत ४ गते फर्किएका उनीहरुमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । त्यसपछि सनसिटी अपार्टमेन्टमा उनीहरु बस्ने ब्लकमा रहँदै आएका करिब ३ सय जनाको कोभिड १९ परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएको थिएन । कोरोना संक्रमण नदेखिएपछि बुहारी वैशाख ३ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् भने वैशाख ११ गते आमा र छोरा दुवैमा परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #breeking
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्