अब पास भएपनि काठमाडौं उपत्यका प्रबेश गर्न नपाइने
काठमाडौं २३ बैशाख । सरकारले लकडाउन जारी गरेपनि राजधानी भित्रने र बाहिरिने क्रम रोकिएको छ । लकडाउनको एकसातापछि लामो दुरी समेत पैदल हिडेर राजधानी छोड्नेहरुको लर्को नै लाग्यो । तर, राजधानी बाहिर नै कोरोनाको त्रास फैलिएपछि यतिबेला उपत्यकाका भित्रने क्रम बढेको छ । सरकारले लकडाउनको पूर्ण पालना गराउनका लागि अव उपत्यकामा आउन दिइने छैन् । सार्वजनिक सवारी साधनको लाइन लागेरै नागढुंगामा आउन थालेपछि कडाई गर्न थालिएको हो । जिल्ला तथा केन्द्रबाट समेत पास बनाएका ब्यक्तीहरु समेत अव राजधानी उपत्यकामा आउन पाउने छैनन् । नागढुङ्गा, फर्पिङ, मुड्खु, जगाती, जर्सिङपौवा या अर्को कुनै नाकाबाट भित्रन खोज्नेहरुलाई उतै फिर्ता पठाइने छ । त्यो भन्दा पास छ भन्दैमा घरबाट ननिस्किनु नै राम्रो हुनेछ ।
दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचार सम्बन्धी जोडिएका सवारी बाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ। यसअघि पास बनाएपछि निर्वाध रुपमा सवारी भित्रने गरेका थियो। अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काइने छ । विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५ सय हाराहारीमा सवारी भित्रिने गरेका छन्। त्यसमा झण्डै ४ सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारी समेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन्।त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन्। अत्यावश्यक सावरीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भएपनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन्। त्यसैले पनि कडाइ गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन। तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा पनि कडाइ गरेको हो। अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवत जावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको भनाई छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ। त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो। मंगलबार मात्रै ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै उपत्यकामा भित्रन दिइएको छ । केही दिनअघि आवागमनमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र देशभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेका छन् । वैशाख २५ पछि झनै आवागमनलाई रोकिने छ । कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो। देशका बिभिन्न जिल्लामा कोरोना देखिएसँगै काठमाडौंमा सुरक्षित छ भन्दै जिल्लाबाट फर्किने क्रम पनि बढेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #राजधानी छिर्न नपाइने
ताजा खबर
- १ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- २समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने
- ३जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- ४आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु
- ५नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने



तपाईको कमेन्ट लेख्नुहोस्