लकडाउनको आज ४३औं दिन, लकडाउन थप्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं २३ बैशाख । सरकारले लकडाउन घोषणा गरेको आज ४३ औं दिन, काठमाडौंसहित देशभर झन कडाइ गरिएको छ । ४३ दिनसम्म आइपुग्दा लकडाउनको पालना गराउन सुरक्षा निकायको सक्रियता बढ्दै गएको छ । केही स्थानमा भने लकडाउनको निकै उल्लंघन भैरहेको पाइएको छ । प्रहरीले चेकजाँचमा कडाइ गरेपनि कतिपय ठाउँमा तरकारी बजार र मुख्य बजारभन्दा भित्री क्षेत्रमा लकडाउनको पालना भएको छैन । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँमा शारीरिक दूरी पालना गर्नेतर्फ कसैले ध्यान दिएको छैन । अत्यावश्यक र पासबाहक सवारीको चाप पछिल्ला दिनमा बढ्दै गएको छ । चेकजाँचमा कडाइ भएकाले पनि अहिले उपत्यकाका सडकमा सवारीहरूको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रूपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । कोरोना संक्रमति बढ्दै गएपछि लकडाउन थप गरिने भएको छ । लकडाउन थप्न आज मन्त्रीपरिषदको बैठक डाकिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्