नेपालगंजमा धमाधम कोरोना संक्रमित भेटिएपछि बाँकेजिल्लाभर शिलबन्दी
काठमाडौं २२ बैशाख । नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । पहिलो पटक बिहान ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । अन्य व्यक्तिहरुको पनि पीसीआर परीक्षण भैरहेको छ । संक्रमित व्यक्तिहरुको सम्र्पक ट्रेस गर्ने काम पनि भैरहेको छ । संक्रमण देखिएका सबै एउटै टोलका हुन् । स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ । यस्तै, बीरगन्जमा पनि एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । देशका अधिकांश स्थानका प्रयोगशाला कोरोना परिक्षणको किट लगायतका सामाग्री अभावको सामना गरिएका छन् । भएका ल्याबमा समेत आवश्यकता अनुसार किट लगायतका सामाग्री पर्याप्त छैनन भन्ने गुनासो छ । भारतसहित विभिन्न मुलुकबाट लाखौँ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये एक दुई प्रतिशत मात्रै कोरोना परीक्षणको दायरामा आएका छन् । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु केही ल्याबको कमजोरीका कारण घर फर्किएपनि कोरोना पोजेटिभ पहिचान हुँदा समस्या बढिरहेको छ । जतिसक्दो धेरैलाई परिक्षणको दायरामा ल्याएर कोरोनाको पहिचान तथा उपचार गर्नुपर्नेमा किट अभावका कारण गर्नैपर्ने आवश्यकता ठानिएका व्यक्तिको समेत परिक्षण र नतिजा आउन ढिलाई भैरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्