तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा
काठमाडौं २२ बैशाख । मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले अवको तीन दिनसम्म समान्यदेखि पूर्ण बदलि हुने र मेघ गर्जनसहित वर्षा हुने बताएको छ । सोमबार दिनभर काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली हुनेछ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुने छ । मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । २४ गते बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २ दिनको बुलेटिनमा मौसम सफा नरहने उल्लेख गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अधिकांश स्थानमा वर्षा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्