सेनाको गाडीले ठक्कर दिदा एक जनाको मुत्यु

बाँके २० बैशाख । नेपाली सेनाको गाडी ठक्कर दिँदा कोहलपुरमा १ जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन । एनटीभी रोडमा सेनाको बा २ झ ६३४१ नम्बरको गाडीको ठक्करबाट भे ४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर २ निवासी किरण भुषालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का बारबर्दिया ४ निवासी प्रतीक्षा भुषाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते भुषालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर दशबिगाहमा उपचार भइरहेको छ । नेपालगन्जबाट कोहलपुर तर्फ आइरहेको नेपाली सेनाको गाडीले एनटिभी रोड चोकमा मोटरसाइकललार्इ ठक्कर दिएको थियो । ठक्कर पछी सेनाको गाडी रोड छेउमा रहेको डिभाइडरमा ठोकिएको दुर्घटनाका प्रत्यक्षदर्शीले बताएका छन । ठक्कर दिईसकेपछी नेपाली सेनाको गाडीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #सेनाको गाडीले ठक्कर दिदा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्