कोरोनाका कारण २ लाख ३९ हजारबढीको मुत्यु

काठमाडौं २० बैशाख । बिश्वमा कोरोना भाइरसका कारण २ लाख ३९ हजार बढीले ज्यान गुमाएका छन् । पछिल्लो तथ्याङ अनुसार कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४ सय ४३ पुगेको हो । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४ सय ५८ मानिस संक्रमित भएका छन् । विश्वका २ सय १२ देशमा र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १ सय १ जना मानिस उपचारपछि निको भइ घर फर्किएका छन् । २० लाख ७८ हजार ९ सय १४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३ सय ५५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६ सय १९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय ३७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् । युरोपमा मात्रै १ लाख ३७ हजार ४ सय ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख १९ हजार ४ सय ५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ४२ हजार २ सय ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार २७ को अवस्था गम्भीर छ ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार ८ सय ४१ पुगेको छ । अहिलेसम्म १८ हजार ९ सय ६१ ले ज्यान गुमाएका छन् । २ लाख ७५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३९ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ६ सय २८ जनाको अवस्था गम्भीर छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश
ट्याग : #संक्रमिको संख्या ३३
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्