ब्याजदर सहुलियतमा आफूहरुलाई पनि समेट्न औषधि थोक व्यवसायी संघको आग्रह

काठमाडौं १९ बैशाख । कोभिड–१९ कोरोनाको महामारीसँगै जारी राखिएको लकडाउनलाई मध्यनजर गर्दै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले गत बैशाख १६ गते जारी गरेको सर्कुलरप्रति नेपाल औषधि थोक व्यवसायी संघले आपत्ति जनाएको छ । संघले एकविज्ञप्ति जारी गर्दै केन्द्रीय बैकले जारी गरेको सर्कुलरमा कोभिड संक्रमणको जोखिमका कारण ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणिहरुको २०७६ चैत मसान्तसम्मको कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६ – ७७ को त्रैमासिकको ब्याज रकम गणना गर्न दिएको निर्देशनमा औषधि विक्री वितरण संग सम्बन्धित व्यवसायलाई नसमेटिएको भन्दै आपत्ति जनाएको हो ।
अन्य सेवा जस्तै औषधि र औषधिजन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीले आफु तथा परिवारको समेत स्वास्थ्य जोखिममा राखेर गरिरहेको देश अनि जनताको सेवालाई राष्ट्र बैंकले बेवस्था गरेकोमा संघले दुख व्यक्त गरेको छ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीयअध्यक्ष शिवराज वास्कोटाको हस्ताक्षरमा जारी विज्ञप्तिमा औषधि व्यसायीले संकटको घडिमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले औषधि व्यवसायलाइ उपेक्षा गरेको उल्लेख गरिएको छ ।

क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #औषधि थोक व्यवसायी संघ
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्