नेपालमा २४ घण्टामा कोरोना संक्रमित भेटिएनन्
काठमाडौं १८ बैशाख । नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार स्वाथ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डाक्टर बिकास देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८ सय ६० जनाको आरडीटी परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण गरिएको छ । हालसम्म प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यस्तै, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ रहेका छन् भने ८० जना आइसोलेसनमा छन् । हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोनाभाइरसका नयाँ संक्रमित
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्