Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कारोना संक्रमितको संख्या ३० लाख ६४ हजार


काठमाडौं १६ बैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्च तह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या भने लगातार बढिरहेको छ । विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ६४ हजार भन्दा बढी पुगेको छ । यस्तै, विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १२ हजार नाघेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५३ जनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय पुगेको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या ९ लाख ८७ हजार भन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको मृत्यु भएको छ । इटालीमा अलिहेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार ९ सय ७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ । यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं