बिश्वमा कोरोना संक्रमितको संख्या करिव ३० लाख
काठमाडौं १५ बैशाख । बिश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ३० लाख पुगेको छ । कोरोना भाइरसबाट पछिल्लो तथ्याङ अनुसार २९ लाख ९४ हजार भन्दा बढी संक्रमित भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या २ लाख ७ हजार पुगेको छ । सबैभन्दा बढी युरोप र अमेरिका प्रभावित छन् । उपचारपछि निको हुनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । अहिलेसम्म ८ लाख ७८ हजार भन्दा बढी उपचारपछि निको भइ घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ११ सय ५६ जनाको मृत्यु भएको छ भने सोही अवधिमा बेलायतमा ४ सय १३ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा २ सय ८०, इटालीमा २ सय ६०, फ्रान्समा २ सय ४२ र ब्राजिलमा २ सय २३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #बिश्वमा कोरोना
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्