नेपालमा थप दुई जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं १४ बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्जमा महानगरपालिका ३ र १६ का ५० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित भेटिएको हो । अर्का भने संक्रमित घुसुकपुरका पुरुष हुन् । उनलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । दुबैलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।यी दुई संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । बीरगञ्जमै उपचार गराइरहेका ४ जना भने निको भएर घर फर्किएका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #थप दुई जनामा कोरोना
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्