लकडाउनको ३२ औंं दिन
काठमाडौं १२ बैशाख । सरकारले घोषणा गरेको लकडाउनको आज ३२औं दिन । आजपनि राजधानी काठमाडौंसहित देशभर विहानैदेखि सुनसान छ । फाट्टफुट्ट अत्यावश्यक क्षेत्रका व्यक्ति र सवारी साधनको चहलपहल भएपनि तुलनात्मकरुपमा पहिले भन्दा कम मानिस बाहिर निस्केका छन् । सरकारले लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ४ घण्टा उभ्याएर कारबाही गर्ने भएपछि सडकमा निस्किनेहरु घटेका हुन् । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिने प्रहरीले जनाएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रमले आज पनि निरन्तरता पाएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । चौथो चरणको लकडाउन बैशाख १५ गते सकिदैछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #लकडाउनको ३२ औंं दिन
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्