समाजवादी फुटबाट जोगियो,जनता समाजबादीका नेताहरु निर्वाचन आयोगमा
काठमाडौं ११ बैशाख । समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु पाटी एकताबारेमा जानकारी गराउन निर्वाचन आयोगमा पुगेका हुन् । दुई दलले बुधबार राति पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।सरकारले अध्यादेश ल्याएपछि समाजबादी पाटी फुटाउन नेताहरु सक्रिय भएपछि दुबै दलले एकता गर्ने घोषणा गरेका थिए । राजपा र समाजबादीका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएपछि पाटी फुटबाट तत्कालका लागि जोगिएको छ ।
समाजवादीका सात भन्दा बढी सांसदले ४० प्रतिशत पुर्याएर नयाँ दल दर्ता गर्ने प्रयास गरे पनि अन्तिम समयमा पछाडि हेटेका हुन्। समाजवादीका सांसदले बिहीबार दल विभाजनका लागि निवेदन दिने तयारी गरे पनि नेताहरुको आग्रहमा तत्कालका लागि रोकिएको विभाजनको पक्षमा रहँदै आएका सांसद महोमद इस्तियाक राईले जानकारी दिए । पाटीले गरेको निर्णय नै आफूलाई मान्य हुने रायले बताउन थालेका छन् । विभाजनलाई रोक्न समाजवादीका अध्यक्षहरु डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले रातभरी असन्तुष्ट नेताहरुसँग छलफल गरेका थिए । सोमबार सरकारले दल विभाजन गर्न खुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको थियो । अध्यादेश जारी भएपछि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए दल विभाजन गर्न पाइनेछ। संघीय संसदमा १७ सिट रहेको समाजवादी विभाजन गर्नका लागि ७ सिट चाहिने र त्यो संख्या पुगे पनि चर्को दबाबपछि उनीहरु पछि हेटेका हुन्। समाजवादीबाट रेणु यादव, महोमद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेन्द्र यादव, प्रदीप यादवलगायत सांसद विभाजनको पक्षमा उभिएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #समाजवादी फुटबाट जोगियो
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्