विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार नाघ्यो
काठमाडौं १० बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार नाघेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार पुगेको छ । यस्तै, ६ लाख ९० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २७ सय ८२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८ सय २८ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा इटालीमा ५ सय ३४, फ्रान्समा ५ सय ३१, स्पेनमा ४ सय ३० र जर्मनीमा २ सय २४ जनाको मृत्यु भएको छ ।
अमेरिका र युरोपमा संक्रमणको दर नघटेकाले चिन्ता झन बढाएको छ । त्यस्तै कोरोनाको त्राससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा लगाएको प्रतिबन्ध ६० दिनका लागि प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने जनाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अनेत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाई छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #विश्वभर कोरोना
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्