कुहिएको राहत बाढ्ने मेयर पक्राउ
बारा ९ बैशाख । लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा ज्याला मजदुरी गरी साँझ र बिहान छाक टार्न कष्ठकर छ । जसलाई सहज बनाउन सरकारले स्थानीय सरकारलाई राहत बाढ्न निर्देशन दियो । तर, जनप्रतिनिधि नै कुहिएको राहत बाढेको आरोपमा पक्राउ पर्न थालेका छन् । कुहिएको कुहिएको दाल बितरण गरेपछि जिल्लाको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका आठै जनाले मेयर रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि मेयरलाई नै पक्राउ गरिएको प्रहरीले बताएको छ । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कलैया उपमहानगरपालिकाले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । राहतमा वितरण गर्नको लागि दाल स्टोर गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा राखिएको ३ सय ८० बोरा दाल नियन्त्रणमा लिई प्रहरीले स्टोरलाई शिल समेत गरेको छ । प्रहरीले त्यहाँ स्टोर गरिएको दालको नमुना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटौँडामा परीक्षणको लागि पठाएको दाल गुणस्तहीन रहेको प्रमाणित भएलगतै मेयरलाई नियन्त्रणमा लिएइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मेयर राजेश राय पक्राउ
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्