कुहिएको राहत बाढ्ने मेयर पक्राउ

बारा ९ बैशाख । लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा ज्याला मजदुरी गरी साँझ र बिहान छाक टार्न कष्ठकर छ । जसलाई सहज बनाउन सरकारले स्थानीय सरकारलाई राहत बाढ्न निर्देशन दियो । तर, जनप्रतिनिधि नै कुहिएको राहत बाढेको आरोपमा पक्राउ पर्न थालेका छन् । कुहिएको कुहिएको दाल बितरण गरेपछि जिल्लाको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका आठै जनाले मेयर रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि मेयरलाई नै पक्राउ गरिएको प्रहरीले बताएको छ । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कलैया उपमहानगरपालिकाले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । राहतमा वितरण गर्नको लागि दाल स्टोर गरिएको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा राखिएको ३ सय ८० बोरा दाल नियन्त्रणमा लिई प्रहरीले स्टोरलाई शिल समेत गरेको छ । प्रहरीले त्यहाँ स्टोर गरिएको दालको नमुना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला हेटौँडामा परीक्षणको लागि पठाएको दाल गुणस्तहीन रहेको प्रमाणित भएलगतै मेयरलाई नियन्त्रणमा लिएइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मेयर राजेश राय पक्राउ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्