बिश्वभर कोरोना संक्रमणबाट १ लाख ४१ हजार बढीको मृत्यु
काठमाडौं ४ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघेको छ । विश्वका २ सय १० देशमा फैलिएको कोरोना संक्रमितको संख्या २१ लाख १५ हजार ९ सय ५६ पुगेको छ । विश्वभर कोरोनाको संक्रमण र मत्युदर बढिरहदा ५ लाख २७ हजार ४ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै ६ लाख ५० हजार संक्रमित हुँदा ३२ हजार ७ सय ७ जनाले ज्यान गुमाएका छन् । १९ हजार १ सय ३१ जनाले ज्यानले गुमाएको स्पेनमा संक्रमितको संख्या १ लाख ८२ हजार ८ सय १६ पुगेको छ । २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएको इटलीमा १ लाख ६५ हजार एक सय ५५ जना संक्रमित छन् । त्यस्तै, १७ हजार १ सय ६७ जनाले ज्यान गुमाएको फ्रान्समा १ लाख ४७ हजार ८ सय ६३ संक्रमित छन् । जर्मनीमा ३ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३५ हजार ६ सय ३३ जना संक्रमितको पहिचान भएको छ । ३ हजार ३ सय ४२ जनाले ज्यान गुमाएको चिनमा ८२ हजार ३ सय ४१ संक्रमित मध्ये ७७ हजार ८ सय ९२ पुर्णरुपमा निको भएर घर फर्किएका छन् । भारतमा ४ सय २३ जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको छ । नेपालमा १६ जनामा कोरोना संक्रमण पहिचान भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अमेरिका र फ्रान्समा उच्च मृत्युदर
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्