रुकुमपश्चिमको जिल्ला स्वास्थ्य कार्यालयमा र्यापिड टेस्ट सुरु
रुकुमपश्चिम ४ चैत । रुकुम पश्चिमको जिल्ला स्वास्थ्य कार्यालयमा र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिको छ । जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुमा र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको छ । रुकुम पश्चिमको जिल्ला अस्पत्तालमा र्यापिड डायग्नोष्टिक टेष्ट आरडिटी किटको थालनी गरिएको हो । जिल्लाका विभिन्न क्वारेन्टाईनमा रहेका २२ जनामा र्यापिड डायग्नोष्टिक टेष्ट परिक्षण गरिएको हो । परिक्षण गरिएका २२ जनाको रिर्पोट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि जिल्लामा र्यापिड डायग्नोष्टिक टेष्ट किट नहुदा स्वाब संकलनमा समस्या भएको थियो । जिल्लाभरीबाट पहिलो चरणमा क्वारेन्टाईनमा बसेका ४२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि सुर्खेत पठाईएको थियो । परिक्षणमा पठाईएका सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पत्तालमा हाल प्रदेश र स्थानीय सरकार लगायतको सहयोगमा आवश्यक कोरोना सामग्री प्राप्त भएको तर केही सामग्री भने अझै अपुग भएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रुकुम पश्चिम
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्