बिश्वमा १ लाख ३४ हजारले कोरोनाका कारण ज्यान गुमाए
काठमाडौं ४ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब १ लाख ३४ हजार नाघेको छ । २० लाख ८३ हजार भन्दा बढी संक्रमित भएका छन् । संक्रमण र मृत्यु दर अझै घटेको छैन् । अहिलेसम्म ५ लाख १० हजार मानिस उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म अमेरिकामा ३० हजार ८ सय २६ जनाले ज्यान गुमाएका छन् भने ६ लाख ३७ हजार ७ सय १७ जनामा संक्रमण देखिएको छ । स्पेनमा १८ हजार ८ सय १२ जनाले ज्यान गुमाउदा १ लाख ८० हजार ६ सय ५९ संक्रमित भएका छन् ।
त्यस्तै, इटलीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६५ हजार एक सय ५५ जना संक्रमित छन् । जर्मनीमा ३ हजार ८ सय ४ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३४ हजार ७ सय ५३ जना संक्रमित छन् । फ्रान्समा १७ हजार १ सय ८८ जनाले ज्यान गुमाउँदा १ लाख ३४ हजार ५ सय ८२ संक्रमित भएका छन् । चिनमा पनि ३ हजार ३ सय ४६ जनाले ज्यान गुमाएका छन् भने अझै ८३ हजार ३ सय ६७ जना संक्रमित छन् । भारतमा ४ सय २२ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ३ सय ७० जना संक्रमित छन् । नेपालमा पनि १६ जनामा संक्रमण देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्