कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो
काठमाडौं ३ बैशाख । कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । १९ लाख ९८ हजार १ सय ११ संक्रमित भएका छन् । करिब ४ लाख ७८ हजार ६ सय ५९ उपचारपछि निको भएर घर फर्केका छन् ।
अमेरिकामा मृत्यु हुनेको संख्या झनै बढिरहेको छ । एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो बिवरण अनुसार एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती चिन्ताजनक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #विश्वमा मृत्यु
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्