कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो
काठमाडौं ३ बैशाख । कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । १९ लाख ९८ हजार १ सय ११ संक्रमित भएका छन् । करिब ४ लाख ७८ हजार ६ सय ५९ उपचारपछि निको भएर घर फर्केका छन् ।
अमेरिकामा मृत्यु हुनेको संख्या झनै बढिरहेको छ । एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो बिवरण अनुसार एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती चिन्ताजनक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #विश्वमा मृत्यु
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्