फेरि १२ दिन लम्बियो लकडाउन, अव वैशाख १५ सम्म
काठमाडौं २ बैशाख । सरकारले फेरि १२ दिन लकडाउन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेसम्मका लागि लकडाउनको समय बढाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन बढाइएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन जारी छ । तेस्रो पटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदै थियो । काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि थप सजकता अपनाउन लकडाउन थपिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । यस्तै, अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ। आजै छिमेकी भारतले पनि लकडाउन १९ दिनका लागि बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #फेरि १२ दिन लम्बियो लकडाउन
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्