फेरि १२ दिन लम्बियो लकडाउन, अव वैशाख १५ सम्म
काठमाडौं २ बैशाख । सरकारले फेरि १२ दिन लकडाउन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेसम्मका लागि लकडाउनको समय बढाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन बढाइएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन जारी छ । तेस्रो पटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदै थियो । काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि थप सजकता अपनाउन लकडाउन थपिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । यस्तै, अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ। आजै छिमेकी भारतले पनि लकडाउन १९ दिनका लागि बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #फेरि १२ दिन लम्बियो लकडाउन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्