भारतमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्यो
काठमाडौं २ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ह्वात्तै बढेको छ । वर्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट १० हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने ३ सय ५८ जनाको मृत्यु भएको छ । आइतबार भारतमा ७ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए भने ४३ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ८ सय ४६ जना नयाँ कोरोना संक्रमित भेटिदा ३९ जनाको मृत्यु भयो । भारतमा पछिल्लो एक सातमामा कोरोनाको संक्रमण दोब्बरभन्दा बढिले बढेको छ । एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ७ सय ६८ थियो । एक सातापछि १३ अप्रिलमा यो संख्या ५ हजार ४ सय ८० ले बढेर १० हजार ४ सय ५३ पुगेको छ । मृत्युदर झनै बढि देखिएको छ । पछिल्लो एक सातामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब तेब्बरले बढेको छ । एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट १३६ जनाको मृत्यु भएको थियो । एक सातापछि यो संख्या २ सय २२ ले बढेर ३ सय ५८ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारत
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्