विश्वभर कोरोनाकै कारण १ लाख २० हजारको ज्यान गयो
काठमाडौं २ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब १ लाख २० हजार पुगेको छ । केहीबेर अघिको तथ्याङ्क अनुसार १९ लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् । संक्रमण र मृत्यु दर अझै बढिरहेको छ । अहिलेसम्म ४ लाख ४४ हजार मानिस उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने बेलायतमा ७ सय १७ जनाको ज्यान गएको छ । यस्तै, फ्रान्समा ५ सय ७४ र इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ । सोही अवधिमा स्पेनमा ५ सय ४७ र बेल्जियममा ३ सय ३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१ लाख २० हजारको ज्यान गयो
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्