पूर्वराजाको २ करोड सरकारी कोषमा जम्मा
काठमाडौं ३० चैत । हिमानी कोषले सरकारले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोषमार्फत बुझाउने भनेको दुई करोड रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । हिमानी कोषले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्राप्त भएको उक्त रकम कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको जानकारी दिएको छ । साथै कोषले उक्त रकमको पूर्ण सदूपयोग होस् भन्ने चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व राजा शाहले केही दिनअघि सरकारी राहत कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #पूर्वराजा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्