काठमाडौंमा राहत बितरण गर्दै बर्दियाका ब्यवसायी तथा युवाहरु
काठमाडौं २७ चैत । सरकारले कोराना भाइरसको संक्रमण रोक्न गरेकोले लकडाउनले देश ठप्प छ । लकडाउनकै कारण बर्दियाका काठमाडौंमा कोठा भाडामा बस्ने बिद्यार्थी तथा सर्वसाधारणहरुलाई मध्यनजर गर्दे राहत बितरण गरिएको छ । बर्दिया जिल्ला राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आएर ज्यालादारी काम गर्ने मजदुर, कोठा भाडामा लिएर बस्ने विद्यार्थी र अलपत्र परेका सर्वसाधारणलाई आज राहत बितरण गरिएको हो । युवा ब्यवसायी तथा समाजसेबी जनकबहदुर धामी,मोहनराज जोशी,पुरन रोकाया सुदामा, प्रेम माझीहरुले आफनै लगानीमा राहत बाँडिरहेका छन् । उनीहरुले प्रतिब्यक्ती १५ केजी चामल, एक लिटर तेल, दाल, मस्यौरा, प्याज बितरण गरेका हुन् । त्यस्तै सुरक्षाका लागि उनीहरुलाई माक्स पनि बितरण गरिएको छ ।
बर्दियाबाट काठमाडौ बसोबास गरिरहेका करिव ५ सय जनालाई बाड्ने लक्ष्य रहेको समाजसेवी जनकबहादुर धामीले जानकारी दिए । तीन साता लामो लकडाउनमा कोही पनि भोकै बस्न नपरोस भनी आफूहरुले सहयोग गरिरहेको उनीहरुको भनाई छ । राहत पाएपछि शिक्षा तथा रोजगारीका क्रममा काठमाडौंमा बसोबास गरिरहेका बिद्यार्थी तथा सर्वसाधारण खुसी भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #बर्दियाका युवाहरु
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्