कहिले हुन्छ बाबुरामको अन्तेष्टि
बुटवल २६ चैत । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव १२ दिनदेखी उठ्न सकेको छैन । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि १२ दिनदेखी अस्पतालमै अलपत्र परेको हो । उपचारमा अस्पतालले लापरवाही गरेका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंँदासम्म शव नबुझ्ने अडान लिएकी छन् । यता, प्रमुख विपक्षी दल नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्ने र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् । सामान्य ज्वरो आएपछि ७ गते स्थानीय मेडिकलबाट औषधि खाए । निको नभएपछि १३ गते साँझ अस्पताल भर्ना भएका उनको १६ गते निधन भएको थियो । अस्पताल भर्ना भएको चौथो दिन मात्र उनको थ्रोट स्वाबको नमुना संकलन गरेर काठमाडौं पठाइएको, मृत्युपछि रिपोर्ट कोरोना नेगेटिभ आएपनि अस्पतालले उपचार गर्न नमालेको परिवारको आरोप छ । थापाको परिवार होम क्वारेन्टाइनमा बस्न भनिएको छ । मृत्युपछि आएको कोरोनो जाँचको रिपोर्ट भने नेगेटिभ आएको थियो । दुबईको एक अस्पतालमा गाडी चलाउने थापा चैत ६ गते नेपाल आएका थिए ।।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना विशेष अस्पतालमा मृत्यु
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्