सरकार गम्भिर नभएको कांग्रेसको आरोप
काठमाडौं २५ चैत । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न सरकार गम्भिर नभएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार गम्भिर नबनेको आरोप लगाएको हो । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारको तयारीमा कांग्रेसले असन्तुष्टि जनाएको हो । बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।उसले औषधि तथा स्वास्थ्य सामाग्री आपूर्ति प्रक्रियालाई पनि पारदर्शी नबनाएको पनि बताएको छ । कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ । त्यस्तै, कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सरकार गम्भिर नभएको कांग्रेसको आरोप
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्